युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ | सुनको भाउ तोलामा ८०० रुपैयाँले वृद्धि, चाँदी पनि बढ्यो |

काठमाण्डाै – नेपालका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा २ हजार रन पूरा गरेका छन् । याेसँगै राेहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी बनेका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) सँगको खेलका क्रममा २ रन जोड्दै रोहितले यो उपलब्धि हासिल गरेका हुन् । रोहितले एकदिवसीयमा ७६ खेलमा २ शतक र ११ अर्धशतकसहित २ हजार रन पूरा गरेका हुन् ।

२३ वर्षीय रोहित एकदिवसीयमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि हुन् । रोहितपछि दोस्रो स्थानमा रहेका आसिफ शेखले १ हजार ६ सय ७७ र तेस्रो स्थानमा रहेका कुशल भुर्तेलले १ हजार ४ सय ५४ रन बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर