काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका असन्तुष्ट पक्षसँग समूहगत वा पार्टीगत रूपमा एकता नहुने स्पष्ट पारेका छन्।
शुक्रबार माओवादी केन्द्रसँग एकता गर्ने निर्णयपछि झलनाथ खनाल, घनश्याम भूसाल र रामकुमारी झाक्रीसहितका नेता असन्तुष्ट भएर अलग्गै पार्टी गठनमा लागेको चर्चा भएको थियो।
शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले भने, “व्यक्तिगत रूपमा दस–बीसजना आउन सक्छन्, तर समूह बनाएर पार्टी एकता हुँदैन। कोही व्यक्ति व्यक्तिगत रूपमा आउँछन् भने स्वागत छ।”
यसअघि अध्यक्ष ओलीले विगतमा एमाले छाडेर गएका नेताहरूलाई पुरानै पार्टीमा फर्किन आह्वानसमेत गरेका थिए।





