युनिकोड    राशिफल    एफएम रेडियाे                        

पर्यटकीय विशेषता अनुसार नेपालको पहिचान साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित छ ।पर्वतारोहण, पदयात्रा, प्याराग्लाइडिङ, बन्जीजम्प, र्‍याफ्टिङ, जंगल सफारीजस्ता पर्यटकीय गतिविधिमा व्यवसायीले पर्याप्त लगानी समेत गरेका छन् ।नेपाल पर्यटन बोर्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगले समेत नेपाल प्रवर्द्धनका सिलसिलामा यी विशेषतालाई प्राथमिकता दिन्छन् । यस्तो गतिविधिमा सामेल हुन मन पराउने पर्यटकको उमेर समूह स्वाभाविक रूपमा किशोर (जेनजी) हो ।तर, पर्यटक आगमन प्रवृत्ति केलाउँदा नेपालमा बिदा मनाउन आउने लक्जरी पर्यटकको आकर्षणमा देखिन्छ । संख्यामा ठूलो, पर्याप्त समय बिताउन सक्ने र समूहमा आउन सक्ने किशोरावस्था र जेनजी सेग्मेन्टमा नेपाल ठूलो सम्भावना हुँदाहुँदै पछाडि छ ।सन् २०२५ मा नेपालले ११ लाख ५८ हजार ४ सय ५९ पर्यटकलाई स्वागत गर्‍यो । यो तथ्यांकको बहुआयामिक विश्लेषण बाँकी छ ।तर, २०२४ सम्मको तथ्यांक विश्लेषण गर्दा नेपाल भ्रमणमा आउने पर्यटकमध्ये ठूलो संख्या ३१ देखि ४५ वर्ष उमेर समूहको छ । यो प्रवृत्ति अहिलेमात्र देखिएको भने होइन ।पर्यटन मन्त्रालयको ३० वर्ष अघिदेखिकै तथ्यांकले सोही प्रवृत्ति हरेक वर्ष दोहोरिएको देखाउँछ । १९९५ मा १६ देखि ३० वर्ष उमेर समूहका पर्यटक २९.३ प्रतिशत आउँदा ३१–४५ वर्ष उमेर समूहका पर्यटक आगमन ३३.१ प्रतिशत बराबर थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर