युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / बाजुराको साँफे –मार्तडी राजमार्ग अन्तर्गत पर्ने अम्कोट सडक अझै सञ्चालनमा आएको छैन् ।

यसरी लामो समय सम्म सडक सञ्चालनमा नआउँदा यहाँका स्थानीयहरूलाई यात्रा गर्न र दैनिक उपभोग्य सामाग्री ढुवानी गर्दा निकै असहज भएको छ ।

बुढीगंगा नगरपालिका वडा नम्बर १ अम्कोटकाे सडक पहिरोले पटक पटक अवरुद्ध बन्नथालेपछि सदरमुकाम मार्तडीका व्यापारीहरुलाई सामान ढुवानी गर्न निकै असहज भएको स्थानिय नरेश बडुवालले वताएका छन्। उहाँले भन्नुभयो,बाटो बन्द हुँदा व्यापारीहरुले भरिया मार्फत सामान ढुवानी गर्दै आएका छन् । यसरी भरिया मार्फत सामान ढुवानी गर्दा उपभोक्ताहरुले चर्को मुल्यमा सामान खरिद गर्नु पर्ने अवस्था आएको छ ।

लामो दूरीका सवारी साधान अहिले बल्देमा रोकिएका छन् । यसरी सवारी साधान बल्देमै रोकिएपछि बाजुराको मार्तडी कोल्टी बजार सम्म दैनिक उपभोग्य सामाग्री ढुवानी गर्द निकै असहज भएको छ ।अम्कोट बल्दे सडक पुरै भासिएर बुढीगंगा नदिको मुखमा पुगेपछि गाडी त के अहिले मानिसलाई समेत आवतजावत गर्न निकै कठिन भएको छ ।
उक्त सडक हिउँदका केही दिन सञ्चालन हुने गरेको भएपनि वर्षातकाे समय सधै यसरी नै सडक अवरुद्ध बन्दै हुँदै आएको छ । गत असार देखि भदौ सम्म लगातार पर्दै गएको पानीका कारण अम्कोट सडक भासिए पछि अवरुद्ध बन्दै गएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर