काठमाडौँ।सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य बढेर तोलाको २,१६,००० रुपैयाँमा कारोबार भइरहेको छ।हिजो यो मूल्य २,१५,२०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको भाउ पनि बढेको छ। महासङ्घले जानकारी दिएको अनुसार चाँदीको मूल्य ६० रुपैयाँले बढेर तोलाको २,५८० रुपैयाँ पुगेको छ।हिजो चाँदीको भाउ २,५२० रुपैयाँ थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले हालको बजार अवस्था तथा भाउमा हुने उतारचढावको जानकारी निरन्तर निगरानी गरिरहेको बताएको छ।





