युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

काठमाण्डौ – जेनजी आन्दोलनपछि राहदानी बढाउनेको घुइँचो देखिएको छ । काठमाण्डौ त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा बिहानैदेखि सेवाग्राही राहदानी बनाउन आउने गरेका छन् । भीड थेग्न विभागलाई हम्मेहम्मे परिरहेको छ ।

अहिले भीड बढ्नुको मुख्य कारण जेनजी आन्दोलनले भएको सेवा अवरोध र मुख्य चाडपर्व लगत्तै सेवा लिन चाहने धेरै हुनु रहेको राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले बताउनुभयो । उहाँका अनुसार राहदानी विभागसँग अहिले एक लाख ७९ हजार राहदानी स्टक छ । मासिक रुपमा ९० हजारदेखि १ लाखसम्म नियमित रुपमा राहदानीको माग हो । त्यसैले अझै दुई महिनालाई राहदानी पुग्ने नै छ ।

चार महिनापछि नयाँ कम्पनीले सम्झौता अनुसार राहदानी व्यस्थापन गर्नेछ । उहाँका अनुसार अहिले दैनिक झन्डै चार हजार पाँच सय देखि पाँच हजारको हाराहारीमा राहदानीको माग छ । त्यसमा विभागबाट हुने सामान्यतः एक हजार दुई सयको संख्या हो । अहिले विभागले दैनिक एक हजार राहदानी वितरण सामान्य प्रक्रियाबाट दिएको छ भने आवश्यक परेर आउने दुई/तीन सय जनालाई पनि विभागले राहदानी दिने गरेको छ ।

नियोग जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालयबाट थप राहदानी वितरण भइरहेको छ । राहदानी विभागका अनुसार जेनजी आन्दोलनमा ६ हजार राहदानी जलेर नष्ट भएका छन् । जलेका राहदानी बनाउने विभागमा आउँदा पनि भीड बढेको महानिर्देशक अर्याल बताउनुहुन्छ । अहिले केही समस्या भए पनि नआत्तिन उहाँले सबैलाई आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर