युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ | सुनको भाउ तोलामा ८०० रुपैयाँले वृद्धि, चाँदी पनि बढ्यो |

बाजुरा– शनिबार बस दुर्घटनामा परी घाइते भएका बसका सह–चालकको उपचारका क्रममा मृत्यु भएको छ । मार्तडी कोल्टी सडकमा पर्ने बुढीनन्दा नगरपालिका–७ सेरकाटियाका बस दुर्घटनामा परी घाइते भएका बैतडी जिल्ला दशरथचन्द्र नगरपालिका–९ बस्ने २४ वर्षीय गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायव उपरिक्षक गगनसिंह भाटले जानकारी दिएका छन् । घाइते जोशीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको भएपनि अस्पतालमा उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको बताए ।
बस दुर्घटनामा परी घाइते भएका आठ जनालाई भने थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । घाइते भएर अवस्था गम्भीर भएका आठ जनाको उपचारका लागि शनिबार राति नै एम्बुलेन्स र जीप मार्फत धनगढी पठाइएको जनाएकाे छ ।
उनीहरुको शरिरका विभिन्न भागमा गम्भीर चोट लागेकाले जिल्लामा सम्भव नभएपछि रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् ।
उनका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका २३ वषीृय विशाल शाही,बुढीनन्दा नगरपालिका–६ छातीकोटका १९ वर्षीय उमेश भाट, सोही नगरपालिका–५ बस्ने २४ वर्षीया जमुना मल्ल,सोही नगरपालिका–५ छातीकोट बस्ने ७ वर्षीया लक्ष्मी मल्ललाई रिफर गरिएको अस्पतालका सूचना अधिकारी गिरीले बताए ।
यस्तै बुढीगंगा नगरपालिका-९ जुवापानी बस्ने २२ वर्षीया पवित्रा सिंह,उनकी छोरी २ वर्षीया छोरी जेनिशा सिंह,५ वर्षीया पल्ले सिंह,जेसिका सिंह र बुढीनन्दा नगरपालिका–७ सास्ता बस्ने ४५ वर्षीया इसरा देवी सुनारलाई थप उपचारका लागि धनगढी पठाइएको अस्पतालका सूचना अधिकारी गिरीको भनाई रहेको छ ।
कोल्टीबाट धनगढीका लागि शनिबार छुटेको सु प प्र ०१–००१ ख ३१८१ नम्बरको बस सडकमा रोकेर सामान छतमा राख्ने क्रममा एकाएक पछाडी गएर दुर्घटना भएको थियाे  । बस दुर्घटनापछि चालक फरार रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर