युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा कक्षा–१० (एसईई) २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला गरेको छ । बोर्डले आज सूचना प्रकाशित गर्दै नियमित परीक्षामा समावेश हुनका लागि आजदेखि आउँदो मङ्सिर २४ गतेभित्र रजिष्ट्रेशन फारम भर्न सकिने जनाएको छ ।

शैक्षिक सत्र २०८२ मा कक्षा ९ मा साधारण, परम्परागत (संस्कृति/वेदविद्याश्रम/गुरुकुल/मदर्सा/गोन्पा) र प्राविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीका लागि एसईईमा समावेश हुनका लागि रजिष्ट्रेशन खुला गरेको हो । बोर्डले सम्बन्धित सबै विद्यार्थी, विद्यालय, पालिकाका शिक्षा महाशाखा/शाखा, शिक्षा विकास तथा समन्वय इकाई तथा शिक्षा विकास निर्देशनालयहरुलाई फारम भर्ने/भराउने सम्बन्धी जानकारी गराएको छ ।

बोर्डका अनुसार परीक्षा फारम साधारण, परम्परागत तथा प्राविधिक धारतर्फका विद्यार्थीहरुले एसईई २०८३ मा समावेश हुनका लागि आफ्नो नाम दर्ता गर्ने प्रयोजनका लागि भरिने भएकाले यो फारम नभर्ने विद्यार्थीहरुले परीक्षामा सहभागि हुन पाउने छैनन् । परीक्षामा सहभागि हुनका लागि २०८३ चैत मसान्तसम्म १४ बर्ष पूरा भएको हुनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर