युनिकोड    राशिफल    एफएम रेडियाे                        

स्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एण्ड टी-२०’ सिरिजअन्तर्गत आज भएको खेलमा बङ्गलादेशको ‘ए’ टोलीले नेपाललाई जितका लागि एक सय ८४ रनको लक्ष्य दिएको छ ।

अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान-२ मा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको बङ्गलादेश ‘ए’ ले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८३ रनको योगफल बनाएको हो ।

बङ्गलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रन बनाए । नेपालका लागि रिजन ढकालले दुई विकेट लिए भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान एकरएक विकेट लिए ।

नेपाल आज पहिलो जितको खोजीमा छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर