युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ | सुनको भाउ तोलामा ८०० रुपैयाँले वृद्धि, चाँदी पनि बढ्यो |

काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । पतन्जलीको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज अध्यक्ष नेपालसहित ९३ जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । मुद्धा लाग्नेमा पूर्वकानून मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमि सुधार सचिव छविराज पन्त लगायत छन् । अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो । काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपाल सहितको बयान लिएको थियो । २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो । तर पछि हदबन्दीभन्दा बढी कानूनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो । अख्तियारमा भ्रष्टाचार मुद्दा दायर भएसँगै एकीकृत समाजवादीका सांसद माधवकुमार नेपालको पद निलम्बनमा परेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार भ्रष्टाचार मुद्दा लागेमा मुद्दा किनारा नलागेसम्म स्वत: निलम्बनमा रहने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर