युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
राेहित पाैडेल बने ओडीआईमा २ हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी | एसईई २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला | जेनजी आन्दोलनमा ६ हजार राहदानी जले : अहिले दैनिक पाँच हजार राहदानीको माग | निर्वाचनको वातावरण बनाउन सातै मुख्यमन्त्री तयार | हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै | बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु | ओलीको स्पष्ट अडान: एकीकृत समाजवादीका असन्तुष्ट समूहसँग एकता नहुने | आजदेखि सरकारी कार्यालयको समय घटाइयो: बिहान १० देखि दिउँसो ४ बजे | आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय, खाय’ | सुनको भाउ तोलामा ८०० रुपैयाँले वृद्धि, चाँदी पनि बढ्यो |

काठमाण्डौ – जेनजी आन्दोलनपछि राहदानी बढाउनेको घुइँचो देखिएको छ । काठमाण्डौ त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा बिहानैदेखि सेवाग्राही राहदानी बनाउन आउने गरेका छन् । भीड थेग्न विभागलाई हम्मेहम्मे परिरहेको छ ।

अहिले भीड बढ्नुको मुख्य कारण जेनजी आन्दोलनले भएको सेवा अवरोध र मुख्य चाडपर्व लगत्तै सेवा लिन चाहने धेरै हुनु रहेको राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले बताउनुभयो । उहाँका अनुसार राहदानी विभागसँग अहिले एक लाख ७९ हजार राहदानी स्टक छ । मासिक रुपमा ९० हजारदेखि १ लाखसम्म नियमित रुपमा राहदानीको माग हो । त्यसैले अझै दुई महिनालाई राहदानी पुग्ने नै छ ।

चार महिनापछि नयाँ कम्पनीले सम्झौता अनुसार राहदानी व्यस्थापन गर्नेछ । उहाँका अनुसार अहिले दैनिक झन्डै चार हजार पाँच सय देखि पाँच हजारको हाराहारीमा राहदानीको माग छ । त्यसमा विभागबाट हुने सामान्यतः एक हजार दुई सयको संख्या हो । अहिले विभागले दैनिक एक हजार राहदानी वितरण सामान्य प्रक्रियाबाट दिएको छ भने आवश्यक परेर आउने दुई/तीन सय जनालाई पनि विभागले राहदानी दिने गरेको छ ।

नियोग जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालयबाट थप राहदानी वितरण भइरहेको छ । राहदानी विभागका अनुसार जेनजी आन्दोलनमा ६ हजार राहदानी जलेर नष्ट भएका छन् । जलेका राहदानी बनाउने विभागमा आउँदा पनि भीड बढेको महानिर्देशक अर्याल बताउनुहुन्छ । अहिले केही समस्या भए पनि नआत्तिन उहाँले सबैलाई आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर