युबराज बडुवाल – बाजुरा / जिल्ला प्रहरी कार्यालय बाजुराको मातहतमा रहेका ईलाका प्रहरी कार्यालयले सञ्चालन गरेको सचेतनामूलक कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्लाको ९ नाैं वटै स्थानिय तहकाे प्रत्येक वडावडामा सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । याे कार्यक्रम बिद्यालयमा बिद्यार्थीहरूलाई समुदायका बुद्धिजीवी र जनप्रतिनिधि हरूलाई समेत समाबेश गर्ने गरेको कार्यालयले बताएको छ ।
बालविवाह , जबर्जस्तिकरणी , घरेलु हिंसा , जातीय विभेद , लैङ्गिक हिंसा , बालविवाह सम्बन्धि अन्तरक्रिया कार्यक्रम कानुनी व्यवस्था बहुविवाह जस्ता हाम्रो समाजमा परम्पुर्खा देखि जल्दै आएको रिती रिवाज हटाउनु पर्छ समाज,समुदाय लाई आधुनिक युगमा लैजानुपर्छ भन्ने उदेश्यका साथ गाउँगाउँमा , टाेलटाेलमा पुगेर सचेतनामूलक र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको प्रहरी कार्यालय बाजुरा बताएकाे छ ।
प्रहरी कार्यालय बाजुराले भन्यो पछिल्लो समयमा यस कार्यालयकाे आयाेजना र समुदाय प्रहरी साझेदारीकाे सहकार्यमा याे कार्यक्रम सञ्चालन गरेपछि समाजमा घरेलु हिंसा , बालविवाह जस्ता अन्य घटनाहरू न्यु हुदै गएको प्रहरी कार्यालय बाजुराले वताएकाे छ ।
यसै सन्दर्भमा शुक्रबार जिल्ला पुर्वी उत्तरी भेगमा रहेकाे स्वामिकार्तिक खापर गाउँपालिका ५ जेरामा ईलाका प्रहरी कार्यालय स्वामिकार्तिकले जबर्जस्तीकरणी सम्बन्धी र प्रहरी चौकी कुन्नाले जगन्नाथ गाउँपालिका वडा नं.३ तल्लोहुनी स्थित घरेलु हिंसा सम्बन्धी अन्तरक्रिया तथा कानुनी ब्यवस्थाका बारेमा सचेतनामुलक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएकाे छ ।
तलकाे पनि पढ्नुहाेस्
https://bajurakhabar.com/news/4153
https://bajurakhabar.com/news/3926
https://bajurakhabar.com/news/4413





