युनिकोड    राशिफल    एफएम रेडियाे                        
बाजुरा / जिल्ला प्रहरी कार्यालय बाजुराद्धार‍ा ,जनचेतनामुलक कार्यक्रम सञ्चालन गरीएकाे छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार जिल्ला प्रहरी कार्यालय बाजुराद्धारा मातहत प्रहरी चौकी टाँटे,बडिमालिका ,डोगडी ,काँडा र अस्थायी प्रहरी पोष्ट रिठाबजार चाैकीद्धारा आ-आफ्नो वडा नजिककाे प्रहरी ,वडा ,टोल तथा बिद्यालय जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेकाे प्रहरी कार्यालय बाजुरा जनाएकाे छ ।
कार्यक्रम सञ्चालन गरेकाे स्थानमा सम्पर्क समिति गठन गरी प्रहरी , वडा ,समुदाय र बिद्यालय बिचको सम्बन्ध सुमधुर बनाउनुका साथै बाल बिवाह ,बहुु बिवाह,घरेलु हिंसा र लागु औषध न्युनिकरणमा प्रहरी , वडा ,समुदाय र बिद्यालयको भुमिका सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेकाे कार्यालयले बताएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर