युनिकोड    राशिफल    एफएम रेडियाे                        
तुले बडुवाल / बाजुरा – प्रहरी चौकी कुन्नाद्धारा जिल्ला पुर्वी उत्तरी भेगमा रहेकाे हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका वडा नं.४  स्वामिकार्तिक माध्यामिक बिद्यालयमा बालवालिका माथी हुने अपराध सम्बन्धी र  जगन्नाथ गाँउपालिका वडा नं.१ पिलुचौरमा जबर्जस्तीकरणी सम्बन्धी सचेतनामुलक कार्यक्रम  ,जगन्नाथ गाउँपालिका ३ , ४ स्थित कैलाश माध्यामिक बिद्यालय र मालिका आधारभुत बिद्यालयमा प्रहरी चौकी जुड्डीले बाल बिवाह सम्बन्धी अन्तरक्रिया तथा कानुनी ब्यवस्थाका बारेमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले बताएकाे छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मातहतका ईलाका प्रहरी कार्यालय कुन्ना, ईलाका प्रहरी कार्यालय जुड्डीद्धारा बालविवाहा, बहु विवाहा  ,घरेलु हिंसा र जबर्जस्तीकरणी समबन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेकाे छ । याे कार्यक्रम प्रभावकारी बन्दै गएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
,

प्रतिक्रिया

सम्बन्धित खवर