युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं/ मधेस प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ केही पदका लागि विज्ञापन खुलाएको छ । आयोगले पाँचौ तहका २३ पदका लागि आवेदन खुलाएको हो।

जसमा सबै भन्दा धेरै १६ पद नर्सका लागि विज्ञापन गरिएको छ । आयोगले स्टाफ नर्स १४ र पब्लिक हेल्थ नर्स २ जनाका लागि विज्ञापन गरेको छ । जसमा स्टाफ नर्सतर्फ अन्तर सेवातर्फ २ जनाका लागि कोटा छुट्याइएको छ।

हेल्थ असिस्टेन्ट २, फार्मेसी सुपर भाइजर २ जनाका लागि आवेदन खुलाइएको छ। त्यसैगरी मेडिकल रेकर्डर २ र बायोमेडिकल टेक्निसियन १ जनाका लागि विज्ञापन गरिएको छ ।

आयोगले पाचौँ तहका विभिन्न पदमा बढुवाका लागि समेत विज्ञापन खुलाएको छ ।

बढुबाका लागि विज्ञापन खुलाइएका स्वास्थ्य सेवाका पदहरु

प्रतिक्रिया

सम्बन्धित खवर