युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

बाजुराको सदरमुकाम मार्तडी स्थित बडीमालिका नगरपालिका ८ लाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ । बुधवार एक औपचारिक कार्यक्रमका विच उक्त वडालाई ७ औं छाउपडी गोठमुक्त वडाका रुपमा घोषणा गरिएको हो ।

बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा कुमारी थापाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापनसँगै वडा नम्बर ८ लाई पनि छाउपडी गोठमुक्त वडा घोषणा गरिएको बताइन् । उनले भनिन् “पटकपटक गरी चार पटक वडाभर अनुगमनपछि हामीले छाउगोठ मुक्त वडा घोषणा गर्‍यौ, एक–दुई वटा अहिले पनि छन् तर त्याँहा छाउपडी बसेको देखेनौं, तसर्थ अहिले वडामा ९० प्रतिशत छाउगोठ छैनन् ।” त्यस्तै नगर उपप्रमुख थापाले नियमित अनुगमन र सुझाव सल्लाह र जनचेतनापछि यो सँगै ७ वटा वडा छाउगोठ मुक्त वडा घोषणा भएको भन्दै अब वडा नम्बर १ र ७ बाँकी रहेको बताइन् । ति वडामा पनि अहिले अनुगमन गर्दा खासै छाउगोठ नभेटिएको भन्दै दुवै वडालाई यसै बर्षभित्र घोषणा गर्ने र आगामी आर्थिक बर्षमा नगरपालिकालाई नै छाउगोठ मुक्त नगर घोषणा गर्ने गरी तयारी थालिएको उनले बताइन् ।

महिनावारी भएका बेला छाउपडी महिलाहरुका लागि घरभन्दा टाढा अलग्गै राख्ने गरी बनाईएका छाउगोठहरु वडा, टोल र समुदायबाट सधैका लागि अन्त्य गर्न नगरपालिकाले छाउगोठ मुक्त घोषणा अभियान सञ्चालन गरिरहेको छ ।

बडीमालिका नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा संचालन भएको कार्यक्रममा वडा नम्बर ८ का कार्यवाहक वडा अध्यक्ष करे रावलको अध्यक्षतमा नगर उपप्रमुख नन्दा कुमारी थापा प्रमुख अतिथी लगायत अन्य अतिथिहरु सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर