बाजुरा—बाजुराको सदरमुकाम मार्तडीमा भीषण आगलागी भएको छ । मार्तडीमा रहेको न्यू सागर फर्निचर उद्योगमा भीषण आगलागी भएको हो ।
आज दिउँसो साढे १२ बजेबाट सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् । आगो नियन्त्रणका लागि सुरक्षाकर्मीसहित स्थानीयहरु खटिएर आगाे निभाउने प्रयास गरि रहेका छन् । आगो कसरी लाग्यो भन्ने विषयमा एकिन जानकारी प्राप्त हुन सकेको छैन् ।





