युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा,२ भदौ : जिल्ला अस्पताल बाजुराले करिब पाँच बर्षपछी एमडिजिपी डाक्टर पाएको छ । ५ बर्ष सम्म एमडिजिपी डाक्टर नपाएको जिल्ला अस्पताल बाजुराले यती बेला भने एमडिजिपी डाक्टर पाएको हो । २०७८ सालमा एमडिजिपी डाक्टर प्रेरित देवकोटा आउनुभएको थियो । उहाँ जिल्ला अस्पताल बाजुराबाट गैसकेपछी एमडिजिपी डाक्टर बिहिन भएको थियो । एमडिजिपी डाक्टर देवकोटा गएको पाँच बर्षपछी जिल्ला अस्पताल बाजुरामा एमडिजिपी डाक्टर पाएको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताउनुभयो ।

पाँच बर्षपछी जिल्ला अस्पतालमा एमडिजिपी डाक्टर आसिश कार्की आउनुभएको छ । दुर्गम तथा पिछडिएको जिल्ला बाजुरामा एमडिजिपी डाक्टर कार्की पहिलो पटक जिल्ला अस्पताल बाजुरामा आउनु भएको हो । उहाँ निक्सामेन्ट गैरसरकारी संस्था नामक (ल्क्क्ष्े) अन्तर्गत जिल्ला अस्पताल बाजुरा आउनु भएको कार्यालय प्रमुख डाक्टर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार एमडिजिपी डाक्टर जिल्ला अस्पताल बाजुरा आएपछी भव्य स्वागत गरिएको छ । एक औपचारिक कार्यक्रम सहित एमडिजिपी डाक्टर आसिश कार्कीलाई अबिर सहित फुलमाला लगाएर कार्यालयमा स्वागत गरिएको कार्यालय प्रमुख यादवले बताउनुभयो ।

एमडिजिपी डाक्टर करिब पाँच बर्षपछी जिल्ला अस्पताल बाजुराले पाएपछी कार्यालय प्रमुख चन्द्रशेखर यादवले खुसी व्यक्त गर्नुभयो । जिल्ला अस्पताल बाजुरा जस्तो दुर्गम क्षेत्रले एमडिजिपी डाक्टर पाउनु नै बाजुरा बासीका लागी गौरबको बिषय हो,कार्यालय प्रमुख यादवले भन्नुभयो । यता एमडिजिपी डाक्टर आसिश कार्कीले दुर्गम क्षेत्र जिल्ला अस्पताल बाजुरामा आईसकेपछी निस्वार्थ रुपमा बाजुराबासीको काम गर्ने बताउनुभयो ।

पहिलो पटक दर्गम क्षेत्रमा आएको बताउदै,बाजुराबासीको अथाह साथ,सहयोगको अपेक्षा समेत गरेको उहाँले बताउनुभयो । उहाँको सेवा अबधी भने यस आर्थिक बर्षको असार सम्म रहेको छ । बाजुरा बासीले एमडिजिपी डाक्टर पाएपछी उपचारमा सहजता हुने विश्वस गरेका छन् । जिल्ला अस्पताल बाजुरामा एमडिजिपी डाक्टर नहुँदा बाजुरेली नागरिकहरुले सामान्य उपचारका लागी जिल्ला भन्दा बाहिर धाउनुपर्ने बाध्यता रहेको थियो । अब भने जिल्लामै एमडिजिपी डाक्टर अस्पताल बाजुरामा आएपछी त्यो बाध्यता टर्ने भएको छ । यसै बिच डाक्टर गौतम यादवको विदाई गरिएको छ । विगत दुई बर्ष यता जिल्ला अस्पतालमा काम गर्दै आएका डाक्टर गौतम यादव कोशी प्रदेशमा जानुभएको छ । उहाँको पनि बाजागाजा सहितले जिल्ला अस्पताल बाजुराले विदाई गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर