बैतडीको सिगास गाउँपालिका घर भएकी एक महिला बेपत्ता भएकी छन् ।जिल्लाको सिगास गाउँपालिका -४सिराडी घर भएका धनबहादुर साउँदकी श्रीमती अन्दाजी २६-२७ वर्षीया भागरथी साउँद गएको तीनदिनदेखि बेपत्ता रहेकी धनबहादुर साउँदका भतीजा चन्द्रसिह साउँदले बताए ।यही साउन १५ गते राती केहि नगद र लुगाकपडा सहित घरबाट एक्कासी हिँडेकी भागरथी अहिले सम्म सम्पर्कमा नआएको भतीजा साउँदले जानकारी दिएको छ।रोजगारीको सिलसिलामा हाल भारतमा रहेका भागरथीका श्रीमान धनबहादुर साउँदले भागरथीको खोजी गरिदिन आग्रह गरेका छन्।





