जिल्लाको जयपृथ्वी नगरपालिका-१० चैनपुरका सन्दीपन बोहराको कोठाबाट एक सय ग्राम लागुऔषध बरामद गरिएको हो। प्रहरीले २४ वर्षीय सन्दीपन बोहरा र सुर्मा गाउँपालिका-२ का २८ वर्षीय सागर बोहरालाई कोठामा लागुऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय, बझाङले घटनामा थप अनुसन्धान भइरहेको जनाएको छ।





