धनगढी । असोज १ र २ गते लगानी तथा विकास सम्मेलनको तयारीमा जुटेको सुदूरपश्चिम प्रदेश सरकारले कोशी प्रदेशसँग अन्तक्रिर्या कार्यक्रम गरेको छ । बुधबार सुदूरपश्चिम प्रदेश सरकारले भर्चुअल माध्यमबाट कोशी प्रदेशसँग अनुभव आदानप्रदान एंव नीति तथा कानुन सम्बन्धि अन्तक्रिर्या कार्यक्रम गरेको हो ।
कोशी प्रदेशले कोशी प्रदेश लगानी सम्मेलन २०८२, बैशाख १८ र १९ गते सम्पन्न गरिसकेको छ ।सम्मेलनमा सार्वजनिक–निजी साझेदारीका २७ परियोजनामा एक खर्ब ३५ अर्ब २० करोड र निजी क्षेत्रका १९ परियोजनामा १६ अर्ब ९६ करोड लगानीका लागि एमओयू भएको थियो ।





