युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले गतल मनसायबाट विनियोजित बजेट कार्यान्वयन नहुने बताएका छन् ।

शुक्रबार धनगढीमा सम्पन्न नेपाल वन प्राविधिक संघ प्रदेश कार्यसमित सुदूरपश्चिमको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।

‘बजेटभित्र समेटिएका कुनै पनि कार्यक्रम र योजना चलखेलका आधारमा, लेनदेनका आधारमा, अनावश्यक रुपमा वा आवश्यकता नभएका ठाउँमा बजेट विनियोजन भएको छ भने त्यो कार्यान्वयन हुँदैन,’ उनले भने, ‘हामीले सचेत हुन र समयमा आफूलाई करेक्सन गर्न जरुरी छ ।’

मुख्यमन्त्री शाहले सबैले विधि, प्रक्रिया र पद्धतिलाई स्थापित गर्दै अगाडि बढ्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर