युनिकोड    राशिफल    एफएम रेडियाे                        

अछाम : अछामको चौरपाटी गाउँपालिकाले ४७ करोड १० लाख २५ हजार ६ सय ४८ रुपियाँको बजेट सार्वजनिक गरेको छ।गाउँसभाको सातौँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि वडा नम्बर ५ का वडा अध्यक्ष हेमकर्ण खड्काले बजेट प्रस्तुत गरेका हुन

आर्थिक वर्ष २०८२/८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा वित्तीय समानीकरण तर्फ संघ सरकारबाट दुई करोड २२ लाख रुपियाँ, प्रदेश सरकाबाट एक लाख ३४ हजार, राजस्व बाँडफाँटबाट संघ सरकारबाट १० करोड १८ लाख, ६९ हजार, प्रदेश सरकारबाट ३४ लाख ६२ हजार रुपियाँ व्यहोरिने उल्लेख गरिएको छ।

कृषि क्षेत्रलाई व्यवसायीकरण, भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, खानेपानी योजना, खेलकुद, पर्यटन, संस्कृति क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष साउँदको भनाइ रहेको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि वडामा चालु र विकास निर्माणको लागि दुई करोड ६१ लाख ५० हजार रकम प्रस्ताव गरेको छ। वडाको विकास निर्माणका लागि दुई करोड १९ लाख ५० हजार र सात वटा वडाको लागि चालु तर्फ ४२ लाख रुपियाँ विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष साउँदले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर