धनगढी / कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६८ हजार ४२० मूल्य बराबरको सामान कञ्चनपुर प्रहरीले बरामद गरेको छ। पराद, लिची जुस लगायतका सामान अस्थायी प्रहरी बिट भाँसी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले महेन्द्रनगरबाट बाजुरा जाने ना ७ ख ५३३५ बसमा चेकजाँच गर्ने क्रममा फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको जनाएको छ।





