बाजुरा /बाजुराको खप्तड छेडेदह गाउँपालिकाका भूकम्प पिडित परिवारहरुलाई राहत सामग्री वितरण गरिएको छ । शान्ति सेवा गृह काठमाडौं सहयोगमा भुकम्प पिडितहरुलाई राहत सामग्री वितरण गरिएको हो ।गाउँपालिकाको ७ वटै वडाका करिब ५ सयबढि भूकम्प पिडित परिवारहरुलाई त्रिपाल, लत्ताकपडा, सिलिपिङ व्याग लगायतका सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।गत असोज १६ गते मंगलबार दिउँसो बझाङ केन्द्र बिन्दु बनाएर गएको ६.३ म्याग्निच्युडकोे भूकम्पबाट प्रभावित दलित समुदाय, विपन्न परिवारहरुलाई शान्ति सेवा गृहको सहयोग र विभिन्न व्यक्ति संस्थाको समन्वयमा त्रिपाल, लत्ताकपडा, सिलिपिङ ब्याग लगायतका सामग्री वितरण स्थानिय सामाजिक अगुवा रुपेश धामीले बताएका छन ।
उक्त भुकम्पबाट खप्तड छेडेदह गाउँपालिकामा मानविय क्षेति नभएपनि ठुलो मात्रामा जिल्लाको सबैभन्दा बढि भौतिक क्षेति भएको थियो । भुकम्पका कारण पूणर् रुपमा घर भत्केका केहि परिवारहरु अहिलेसम्म पनि त्रिपाल हालेर बाहिर सडक, चौर तथा खुल्ला आकाशमा रात बिताइरहेकाले तिनिहरुलाई राहत वितरण गर्ने कार्य जारी रहेको र थप विभिन्न संघ संस्थाहरुसंग समन्वय गरि राहत समाग्री उपलब्ध गराउने गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले बताएका छन ।खप्तड छेडेदहका भूकम्प पिडितहरुलाई यस अघि पनि विभिन्न संघ संस्थाहरुको सहयोगमा विभिन्न चरमा राहत सामग्री वितरण गरिएको थियो ।उक्त भुकम्पका कारण गाउँपालिकाका ७ वटै वडामा ३ सयबढि घरहरु पूर्ण रुपमा भत्किएका छन भने १ हजार ९ सय ७२ घर चिराचिरा परेर जोखिमपूणर् रहेका र १ हजार ३ सय २५ बढि घरहरुमा सामान्य क्षेति गाउँपालिकाले जनाएको छ ।
बडिमालिका खबरबाट





