युनिकोड    राशिफल    एफएम रेडियाे                        

हाल नेपालमा/ पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ। समग्र मुलकभरको तापक्रम घट्दै गएको छ। यो क्रम अझै केहि दिन रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ।

दिनेश खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर