युनिकोड    राशिफल    एफएम रेडियाे                        

No description available.

बाजुरा: खप्तड छेडेदह गाउँपालिका ५ डोगडीका सनम सुनारले बाल क्लबमा आबद्ध भएर काम गर्न थालेको पाँच वर्ष बढी भयो। टोल स्तरीय बाल क्लब हुँदै वडा र पालिकाको नेतृत्व गरिसकेका सुनार अहिले गाउँपालिका स्तरीय बाल सञ्जालको अध्यक्ष छन् । उनी जहिले बाट बालक्लबहरुमा आबद्ध भए त्यहीँ समयबाट बालबिवाह लगायतका बालबालिका संग सम्बन्धित समस्याहरुको न्यूनीकरणका लागि लागिपरेका छन् । खप्तड छेडेदह गाउँपालिका स्तरीय बाल सञ्जालले बालबिवाह न्यूनीकरणको अभियान सञ्चालन गरि अन्त्य गर्ने उदेश्य लिएको चार वर्ष भयो ।

No description available.
समयमा जिल्लाका ९ वटै स्थानीय तहको तुलनामा खप्तड छेडेदह गाउँपालिकामा बालबिवाहको दर उच्च थियो । सोही कुरालाई मध्यनजर गर्दै विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संघ सस्थाहरुको ध्यान सोही गाउँपालिकामा उच्च दरमा रहेको बालबिवाह न्यूनीकरणमा थियो ।आफुहरुले लिएको उदेश्यको नजिक नपुगेपनी पछिल्लो समयमा बालबिवाहको दर घट्दै गएको अध्यक्ष सुनारको दाबी छ । बालबिवाहलाई शुन्यमा झार्ने कुरा अहिले नै सम्भव नभएपनी थुप्रै चुनौतीका बीच पनि पहिलाको तुलनामा बालबिवाहको दर कम गर्न सफल भएको अध्यक्ष सुनारले बताएका छन् ।

उनले भने  “धेरै प्रयास ग¥यौ, अघिल्लो कार्यकालको गाउँपालिका स्तरीय बाल क्लबले नै बालबिवाह न्यूनीकरणको अभियान सञ्चालन गरेको थियो । मैले जिम्मेवारी पाएर निरन्तर काम गरेको पनि झण्डै दुई वर्ष बढी भयो, तर हामी अझै हाम्रो उदेश्यको नजिक पुगेका छैनौं, महिला विकास मञ्च बाजुरा द्वारा सञ्चालित (Girls First Fund) (GFF) परिवजनाले पनि निरन्तर बालबिवाह न्यूनीकरणका लागि लागिपरेको छ, हामी वडा स्तरीय बाल क्लब, गाउँपालिका स्तरीय बाल क्लब र प्रत्येक वडामा रहेका किशोरी क्लबहरु उत्तिकै सक्रियताका साथ लागिरहेका छौँ, जसरी पनि बालबिवाह अन्त्य गर्ने हाम्रो उदेश्य हो”
No description available.
बिगत चार वर्ष यता निरन्तर गाउँपालिकामा उच्च दरमा रहेको बालबिवाह न्यूनीकरणका लागि थुप्रै प्रयासहरु भएका छन् । बाल क्लबहरु र किशोरी समुहका बालिकाहरुले बालबिवाह मात्रै नभैई आफू माथी हुने समस्याका बिषयमामा सशक्त भएर आवाज बुलन्द गरिरहेका छन् । बालबालिका संग सम्बन्धित समस्याहरुको समाधानका लागि स्थानीय सरकार संग पटकपटक बालमैत्री कार्यक्रमहरु माग गरिरहेका छन् । बालबिवाह, छाउपडी पर्थां, जातिय विभेद, घरेली हिंसा, लागु पदार्थ सेवन, लैङ्गिक हिंसा लगायतका सामाजिक कुरुती र कुसंस्कारको अन्त्यका लागि समयमा समयमा जनचेतनामूलक कार्यक्रम समेत गाउँपालिक भित्रका प्रत्यक टोलहरुमा आयोजना गरि समाजलाई सुसूचित गराउदै आएको वडा नं. ७ वडा स्तरीय बाल क्लबकी सदस्य कविता नेपालीले बताइन् ।

No description available.

गाउँपालिका स्तरीय बाल क्लब र वडा स्तरीय बाल क्लब मात्रै होईन टोल स्तरीय बाल क्लबहरु पनि यी थुप्रै सामाजिक समस्याहरुको न्यूनीकरणका लागि उत्तिकै सक्रियताका साथ लागीपरेको उनको भनाई छ । त्यहाँका बालक्लबहरुले समुदाय सरसफाई,सार्वजनिक स्थल सरसफाई,स्थानीय कला संस्कृतिको जगेर्ना गर्न समय समयमा चाडपर्वको अवसर पारी साँस्कृतिक कार्यक्रम, कुनै दिवसको अवसर पारी सामाजिक सचेतना फैलाउन सामाजिक अपचलनका बिरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चार निरन्तर गर्दै आएको उनले बताइन् । उनी टोल स्तरीय बाल क्लबमा पनि आबद्ध छन् ।

बालबिवाह न्यूनीकरण गर्ने बिषयमा उनी भन्छिन् “हामी एउटै बालबालिकाले मात्रै जति गरेपनी हुँदैन, हामीले कसैले बालबिवाह गरेपछि उहाँहरुलाई निगरानीमा राखेर वडा कार्यालय र प्रहरीको रोहबरमा आफन्तको जिम्मा लगाउन्छौँ, त्यसमा पनि हामीले उनीहरुका आफ्नतको गाली गलौच र चर्को दबाब सहनुपर्छ, बिवाह ग¥यो र हाम्रो छोराछोरीले ग¥यो, तिमीहरुलाई के को चासो, जिन्दगी बिग्रीय हाम्रै छोराछोरीको बिग्रीन्छ भन्छन्, सहयोग गर्दैनन्, हाम्रो परिवारसम्म पनि दबाब आउन्छ, बालबिबाह अभिभावक गराउदैनन् होला तर हुनुमा उहाँहरुको कमजोरी छ बालबिवाह गरेपछि अभिभावक आफैले कानुनी उपचार जबसम्म स्वस्पुर्त रुपमा खोज्दैनन तबसम्म बालबिवाह अन्त्य हुन सक्दैन, आफ्ना छोराछोरी बारे उनिहरुका अभिभावकलाई नै चिन्ता छैन भने हामीले मात्रै गरेर पनि हुँदैन उनले थपिन्”

तर यता अभिभावकहरु भने बालबिवाह हुनुको पहिलो कमजोरी भने बालबालिकाहरुको रहेको दाबी गर्छन् । खप्तड छेडेदह गाउँपालिका १ का स्थानीय भन्छन् “अहिले बालबिवाह अभिभावकले गराएको कमै पाइन्छ, हामीले बिद्यालय पठाउन्छौँ, तर छोराछोरी पढ्न छोडेर बिबाह गर्छन् त हामी के गरौँ ? तर अभिभावकको कमजोरी नै नभएको भन्ने छैन, अभिभावकले छोराछोरीलाई स्कुल पठाउनु मात्रै हाम्रो दायित्व हो भन्ने बुझाई छ” अर्को कुरा पारिवारिक समस्या,अर्काको देखासिकी लगायतका समस्याहरुले पनि अशिक्षित परिवारका अभिभावकले बालबिवाह गराउने गरेको पनि उनले बताए ।

No description available.

छिमेकीको छोराले बिहे ग¥यो, नातीनातीनी भए, तनी बिवाह गर भन्ने हुँदा पनि बालबिवाह हुन्छ, अर्को कुरा गरिबीका कारण पनि बिद्यालय पढ्न पाउदैनन् सानैमा पढाई छोडेर प्रदेश हिड्न जुन बालबालिकाहरु बाध्य छन् , उनीहरुले नै हो प्राय सानैमा बिवाह गर्छन् , अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुको विशेष ख्याल गरी गलत बाटोमा लागेमा सुधार गर्न तर्फ लाग्नुपर्ने खप्तड छेडेदह गाउँपालिका ३ का राम बहादुर खड्काले बताएका छन् ।

No description available.बालबिवाह गरेपछि कानुनी कारबाहीको प्रक्रियामा अगाडी नबढी अभिभावको जिम्मा लगाउने कुराले झन समस्या निम्त्याएको खड्काको भनाई छ । उनले भने बालबिवाह गरेपछि प्रहरीले परिवारको जिम्मा लगाउन्छन् तर जिम्मा लगाएको केही दिनमा फेरि बिवाह गरिहाल्छन् ,यसले त अरुलाई पनि झन सिकाई जस्तो भएको छ,प्राय परिवारको जिम्मा लगाएर अलग गराएकाहरु कोही बस्दैनन् बालबालिकाहरुको समय मात्रै बर्बाद हुने गरेको छ” बालबालिकाहरु जुन सक्रियताका साथ लाग्नुभएको छ त्यसरी नै सबैले जुट्न जरुरी रहेको खड्काले बताए ।

No description available.

आज भन्दा पाँच वर्ष पहिला सो गाउँपालिकामा महिला विकास मञ्च बाजुरा द्वारा सञ्चालित (Girls First Fund) (GFF)  परियोजना लागु भयो । त्यसपश्चात सो गाउँपालिकाका प्रत्येक वडामा वडा स्तरीय बाल क्लबहरु गठन भए । त्यसपश्चात् गाउँपालिका स्तरीय बाल क्लबहरु पनि गठन गरिएको थियो । प्रत्येक वडा हुँदै गाउँपालिका स्तरीय बाल सञ्जाल गठन गरेपछि निरन्तर त्यहाँका बाल क्लबहरु बालबिवाह न्यूनीकरणको अभियानमा जुटेका छन् । यो अभियानमा निरन्तर लागेको झण्डै चार वर्ष भैसकेको छ । तर बाल क्लबहरु आफ्नो उदेश्यको नजिक पुगेका छैनन् । यसको पछाडिको पहिलो कारण बालबालिकाहरु स्वयम् भएपनि अभिभावकहरुको पनि कमजोरी रहेको बालबालिकाहरुको दाबी छ ।

किनारा न्यूजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर