युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

बाजुरा/ जिल्लाकाे त्रिवेणी नगरपालीका वडा नम्वर ७ मा निर्वाचनका दिन भएको घटनाको विषयलाई लिएर नेकपा एमालेको अनेरास्ववीयुले आजपनि सदरमुकाम मार्तडी बजार र सरकारी कार्यालय बन्द गर्ने भएको छ ।

अनेरास्ववीयुका केन्द्रिय सचिवालय सदस्य तथा बाजुराका क्याम्पसका स्ववियु सभापति चेतन अयडीको हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्दै अनेरास्ववीयु बाजुराले मंगलबार विहान सदरमुकाम मार्तडीको तुफान डाँडामा टायर बालेर प्रर्दशन सूरु गरेको अनेरास्ववीयुका लक्ष्मण रोकायाले बताएका छन् ।

मतदान सम्पन्नपछि नेपाली काँग्रेसका कार्यकर्ताहरुले अयडीको विभत्स हत्या गर्दापनि सुरक्षाकर्मीहरु टुलुटुलु हेरेर बसेकाले मृतक अयडीको न्यायका लागि आज मार्तडी बजार र सरकारी कार्यालय बन्द गर्न बाध्य भएको अनेरास्ववीयुका रोकायाले बताएका छन् ।

त्यस्तै सोही दिन सुरक्षाकर्मीको गोली लागेर सोही वडाका सन्जिव अयडीको पनि ज्यान गएको थियो । अहिले मृतक सन्जिवको शव मतदान स्थलमै राखिएको छ भने चेतन अयडीको शव बयालपाटा अस्पतालमा छ । यता स्थानीय प्रशासनले भने सर्वदलीय बैठक बसेर शवको व्यवस्थापन गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर