काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले सुदूरपश्चिम राेयल्सलाई १ सय ४४ रनकाे लक्ष्य दिएकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे लुम्बिनी १९ ओभर ४ बलमा १ सय ४३ रन बनाउँदा अलआउट भयाे । लुम्बिनीका कप्तान राेहित पाैडेलले ३५, दिलिप नाथले ३१ रन बनाए । सुदूरपश्चिमका अविनाश बाेहरा र हर्मीत सिंहले ३/३ विकेट लिए ।
तीन वटा खेल खेल्दा सबैमा जितेको सुदूरपश्चिम ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । तीनमध्ये दुईमा हार बेहोरेको लुम्बिनी २ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ ।
यस्तै आजै दिउँसो ४ बजे तालिकाकाे साताैं स्थानमा रहेकाे जनकपुर बोल्ट्स र पुछारमा रहेकाे पोखरा एभेन्जर्स खेल्दैछन् । दुवै टाेलीले यसअघिका दुई वटै खेल हारेर अङ्कविहीन छन् ।
एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ ।





