युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिका १ वाहुनीकी प्याज कृषक शान्ति विकले परम्परात खेती गर्न छोडेर व्यावसायिक प्याज खेती गर्दै आउनुभएको छ । हरेक वर्ष प्याज उत्पादन गर्ने र त्यहीँ उत्पादन गरेको प्याज बिक्री गरेर जिवीकोपार्जन गर्दै आएको उहाँले बताउनुभयो । प्याज खेतीबाटै मनग्ये आमदानी गर्दै आउनु भएकी विक यो वर्ष भने प्याजले बजार नपाएपछि चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो, “उत्पादन भएको प्याज बिक्री गर्न पाएनौं, समस्या छ हामीलाई, अघिल्ला वर्षका जति मुल्य पनि पाएनौं, अरु खेती गर्न छोडेर प्याज मात्रै लगायौँ,बजारीकरणको व्यवस्था हामी गर्दिन्छौँ भने तर गर्न सकेनन्” बीउको पनि सोच जस्तो मुल्य पाएनौँ, उहाँले दुखेसो पोख्नुभयो।

अर्का कृषक कालु विकले अघिल्लो वर्ष एक केजी प्याजको १२० बढी मुल्य पाउनुभयो । तर यो वर्ष भने सडक अबरुद्ध भएका कारण बजार अभाबले सस्तोमा प्याज बिक्री गर्नुपरेको उहाँको दुखेसो छ । उहाँले प्याज खेती सुरु गर्नुभएको २५ वर्ष बढी भयो । विगत लामो समय देखि प्याज खेती गर्दै आउनुभएका उहाँले भन्नुभयो, “बजारको प्रमुख समस्या छ,अघिल्लो वर्ष हामी १२० सम्म पनि एक केजीको पायौं तर यो वर्ष ४० देखि ४५ मात्रै पाउने गरि ढुवानी भयो, झण्डै ६० रुपैयाँ एक वर्षको अवधिमा प्रती केजी घाटा बेहोर्नु पर्यो” हाम्रो जिवीको पार्जन गर्ने आधार नै यहीँ हो, न व्यापार छ, न त कुनै जागिर छ, यसैबाट घर परिवार चलाउदै आएका छौँ निकै समस्या भएको छ” विकले थप्नुभयो, स्थानीय उत्पादित प्याज हुँदा हुँदै स्थानीय बजारले बाहिरको प्याज ल्याएर बिक्री गरिरहेको पनि उहाँको भनाई छ । यसले आफुहरुलाई थप समस्या भएको उहाँले बताउनुभयो ।

अर्का कृषक शाहविर विक पनि प्याज खेती नै गर्नुहुन्छ । वर्षेनी उहाँले पनि झण्डै १५ बढी क्युण्टल प्याज उत्पादन गर्नुहुन्छ । उहाँको समस्या पनि फरक छैन । उहाँले व्यावसायिक प्याज खेती गर्दै आएका ४५ कृषकको नेतृत्व गर्नुहुन्छ । सोचेजस्तो मूल्य पाएनौं, केही प्याज बिक्री हुन बाँकी छ, यहीँबाट परिवार पाल्ने हामीलाई अहिले वर्षभर के खाने भन्ने चिन्ता लागेको छ, उहाँले भन्नुभयो, “अब त लगाउदैनौ भन्न थालेका छन्,किरा लाग्ने समस्या छ, समयमा बिषादी नपाउदा पनि खेर जाने समस्या छ”

बजार अभाबका कारण सोचे जस्तो मूल्य नपाउदा प्याज खेती प्रतिको आकर्षण घट्दै गएको र किसानहरुमा बितृष्णा छाउदै गएको अर्की कृषक वडा सदस्य समेत रहेकी सुरसी विकले बताउनुभयो । बजारीकरणको समस्याका कारण किसानहरु निराश हुँदै गएको सदस्य विकले बताउनुभयो । उहाँहरु प्रतिनिधि पात्र मात्रै हुन् । उहाँहरु जस्तै व्यावसायिक रुपम प्याज खेती गर्दै आएका एकै गाउँका ४५ घरपरिवार कृषकलाई यहीँ समस्या छ । कृषि ज्ञान केन्द्रले सो क्षेत्रलाई प्याजको पकेट क्षेत्रको रुपमा घोषणा गरेपछि स्थानीय प्याज खेतीमा थप आकर्षित भएका थिए । अहिले एकै गाउँका ४५ घर परिवार प्याज खेतीबाटै जीवन गुजारा गर्दै आएका छन् ।

पछिल्लो समयमा उत्पादकत्व बढेपनी बजारीकरणको समस्याले पुरानै परमपरागत खेतीमा फर्किन बाध्य भएको अर्का प्याज कृषक सतल विकले बताउनुभयो । यस अघि प्याज मात्रै गर्दै आएको भएपनि बिक्री नहुने समस्याले सताएपछि प्याज घटाएर गहुँ खेती गर्नुपरेको उहाँको भनाई छ । “उत्पादन भएको पनि बिक्रि हुँदैन, कुहिने समस्या छ, खेर गएपनी जाल तर अली मुल्य पाउन्छौँ की भनेर अहिले सम्म भण्डारण स्टोरमा राख्यौं, तर अहिले झन सस्तोमा बोक्री गर्नुपर्ने बाध्यता भयो” उहाँले सुनाउनुभयो,

कृषि ज्ञाने केन्द्र बाजुराका सूचना अधिकारी मिन प्रशाद जैशीका अनुसार स्वामिकार्तिक वाहुनिमा ४५ परिवारहरु दुईवटा कृषक समुह दलित एकता कृषक समुह र द्वन्द प्रभावित कृषक समुहमा बिभाजन भएर प्याज खेती गर्दै आएका छन् । स्वामिकार्तिका खापर गाउँपालिका मात्रै यो आर्थिक वर्षमा मात्रै कुल ५०० कुईन्टल प्याज उत्पादन भएको उहाँके बताउनुभयो । यस्तै त्यहाँका कृषकहरूले १०० के जि प्याजको बीउ उत्पादन समेत गरेको सूचना अधिकारी जैशीको भनाई छ ।

सो गाउँपालिकामा अन्य १०० जना व्यवसायिक प्याज खेतीमा संलग्न रहेको पनि सूचना अधिकारी जैशीले बताउनुभयो । वाहुनिमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत तरकारी व्लक संचालन गरि एउटा १०० कुईन्टल क्षमताको प्याज भण्डारणका लागि आधुनिक स्टोर निर्माण, प्रतिफलमा आधारित अनुदान, तालिम, वीउविजन सहयोग र कृषि औजार समाग्री समेत सहयोग गरिएको सूचना अधिकारी जैशीले जानकारी दिनुभयो । कृषि ज्ञाने केन्द्रले वाहुनीका ४५ कृषकहरुलाई २५ लाख बरावरको अनुदान सहयोग गरियको पनि उहाँले बताउनुभयो ।

अहिले बिक्री हुन बाँकी २० देखि २५ क्युन्टल प्याज भणडारणका लागि निर्माण गरिएको स्टोरमा राखिएको छ ।कृषि ज्ञान केन्द्रको र स्वामिकार्तिक गाउँपालिकाको सयुक्त सहकार्यमा वाहुनीमा उत्पादन भएको १०० क्युन्टल प्याज ढुवानी गरेर जिल्ला बाहिर पठाइसकेको र ढुवानी हुन बाँकी प्याज गाउँपालिकाले सदरमुकाम सम्म पुर्याउने र कृषि ज्ञान केन्द्रले जिल्ला बाहिर पठाउने तयारी भैरहेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी जैशीले बताउनुभयो । कृषकहरुले प्याज उत्पादन गरिसकेपछि बाहिर ढुवानी गरेर नपठाउँदा सम्म सोही कृषि ज्ञान केन्द्रको सहयोगमा निर्माण गरिएको स्टोरमा राख्ने गरेका छन् । अहिलेपनि बिक्री हुन बाँकी प्याज कृषकको प्याज सोही स्टोरमा थन्किएको छ ।

यता गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले ढुवानी हुन बाँकी रहेको प्याज जिल्ला बाहिरका बजारसम्म पुर्याउन लागिरहेको दाबी गर्नुभयो । कृषकहरुको समस्या समाधानका लागि गाउँपालिका तदारुकताका साथ लागिपरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “१०० क्युन्टल प्याज ढुवानी गरिसकेका छौँ, बाँकी रहेको प्याज पनि केही दिनमा ढुवानी गरेर जिल्ला बाहिर पठाउन्छौँ, सडक अबरुद्धका कारण समस्या भएको हो, कर्णाली करिदोरको बाटो पनि अबरुद्ध भयो, मार्तडी कोल्टी सडक खण्ड पनि अबरुद्ध भयो, दुबै सडक अबरुद्ध भएपछि गाउँपालिकाको श्रोतले सडक खुलाउन सम्भव थिएन, ती सडक स्थानीय सरकार मातहतका पनि होइनन् , त्यसकारण समस्या भएको हो, हामीले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छौँ”

कृषि क्षेत्रबाटै किसानहरुलाई व्यावसायिक बनाउने र आत्मनिर्भर बन्ने योजनाका साथ गाउँपालिका अगाडि बढिरहेको उहाँले बताउनुभयो । गाउँपालिकाले यो आर्थिक वर्षमा मात्रै झण्डै दुई करोड लगानी गरेको उहाँको भनाई छ । दुई करोड मध्य ७० लाख गाउँपालिकाको तर्फबाट, ७० लाख जिआइजेड परियोजनाको र ५० लाख सशस्त्र अनुदानको गरि झण्डै २ करोड कृषि क्षेत्रमा लगानी गाउँपालिकाले गरिरहेको उहाँले बताउनुभयो । सबैभन्दा बढी लगानी गाउँपालिकाले कृषि क्षेत्रमा गरेको उहाँको भनाई छ ।

गहुँ, मकै खेती छाडेर प्याज खेती गरेका स्थानियले यो वर्ष अनुमानित ५ सय क्विन्टल प्याज उत्पादन गरेका छन । भण्डारण भएको प्याजले बजार नपाएपछि दैनिक कुहिएर खेर जान थालेको उनीहरूको गुनासो छ ।कृषि ज्ञान केन्द्र बाजुराले बाहुनीलाई प्याज पकेट क्षेत्र घोषणा गरेपछि स्थानीय यो खेतीमा आकर्षित भएका थिए । केही वर्ष अगाडि आफूलाई तरकारी खान मात्र प्याज फलाउने गरेका स्थानीयले केही वर्षदेखी प्याज खेतीमा आर्कषीत भएका छन । प्याजको पकेट क्षेत्रको रूपमा चिनिँदै आएको वडा नम्बर १ वाहुनीमा ४ सय भन्दा बढि कुइन्टल, रुढी र काम्तीमा २ सय बढि कुईन्टल यो बर्ष मात्रै प्याज उत्पादन भएको स्वामिकार्तिक खापर गाउँपालिका कृषि शाखाको तथ्याङकमा रहेको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार बाजुरामा आर्थिक वर्ष २०७९र८० मा ५८ हेक्टरमा प्याज खेती गरिएको छ। जसबाट ६०९ मेट्रीक टन प्यज उत्पादन भएको छ । बाजुरामा प्रती हेक्टर १०।५ प्रतिस्त उत्पादकत्व रहेको कृषि ज्ञान केन्द्रको तथ्यांक रहेको छ ।

किनारा न्यूज  बाजुराबाट साभार 

 

प्रतिक्रिया

सम्बन्धित खवर