धनगडी/ नेपाली कथानाक चलचित्र ‘नालापानी’ हलबाट लगभग बाहिरिसकेको छ। रिमेश अधिकारिले करिब ३-४ बर्ष जति को मिहिनेत लगाएर निर्माण गरेको सो चलचित्र दर्शको मनमा बस्न सकेन।
१४-१५ करोड को हराहरीमा बनेको सो चलचित्र ले नेपाली बिर पुर्खाहरूको इतिहास झल्काउँछ। तर, रिमेशले बर्षौ समय लगाएर बनाएको फिल्म हलबाट बहिरिन भने एक साता पनि लागेन । यो फिल्मले ‘नालापानी’को युद्धमा बलभद्र कुँवरको टिमले कसरी अंग्रेजहरुसँग युद्ध लडेको थियो भन्ने कथामा देख्न सकिन्छ।
एतिहासिक कथा मा निर्माण भएको नेपाल को सान बोकेको चलचित्र दर्शकले भने रुचाएनन्। फिल्म को कथाबस्तु हेर्दा चलचित्र ले बम्पर कलेक्सन गर्ला जस्तो देखिन्छ। फिल्म नचल्नु को मुख्य कारण रिमेशले सो चलचित्रको प्रचार प्रसार खास्सै गर्न नसकेको देखिन्छ। दर्शहरुलाइ चलचित्र को बरेमा सायद भन्नै सकेनन्। चलचित्र ले इतिहास बोकेको छ भन्दैमा चलचित्र चल्छ भन्ने हुदैन। फिल्मको प्रचार प्रसार समाग्री पनि मन पर्नु पर्छ। तर सो चलचित्र को निर्माण टिमले खसै प्रचार गर्न नसेको कारण ले एकसाता नबित्दै हलबाट बहिरियो।
तसर्थ करोडौं को लगानिमा नेपाली बिर पुर्खाहरूको इतिहास बोकेको एतिहासिक कथा मा बनेको सो चलचित्र घाटामा गएको देखिन्छ।





