युबराज बडुवाल , बाजुरा / जिल्लामा दादुरा र रुबेलाविरुद्धको खोप भाेली अर्थात जेष्ठ २५ विहिवार देखि लगाइँने भएकाे छ ।
बाजुरा लगाएत सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा दादुरा र रुवेलाको निवारणका लागि भालीदेखि खोप अभियान सञ्चालन हुने भएकाे छ । बाजुरा कैलाली र कञ्चनपुरमा दादुरा र रुबेला सङ्क्रमण देखिएकाले यी तीन जिल्लामा खोप अभियान सञ्चालनको तयारी गरिएको छ ।
अहिले देशका नौ जिल्लामा १३ वटा रोग विरुद्धको खोप अभियान सञ्चालन हुँदैछ। खोप लगाउनका लागि सरोकारवालसँग अभिमुखीकरण, खोप केन्द्रको तयारी, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकालाई अभिमुखी कार्यक्रम गर्न थालिएको छ।
अभिमुखीकरण कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक रामु शर्माले नेपालमा २०३६ सालदेखि दादुरा विरुद्धको खोप लगाउन सुरु भए पनि अझै सङ्क्रमित देखिन थालेकाले खोप अभियान सञ्चालन गर्न लागिएको बताए। । ‘दादुरा भयानक सरुवा रोग भएकाले यसलाई रोकथाम गर्नका लागि अहिले सरकारले सङ्क्रमण देखिएका जिल्लामा अभियान सुरु गरिरहेको छ’, भने, ‘दादुरा र रुबेला सङ्क्रमण देखिएका जिल्लाभरि खोप अभियान सञ्चालन हुँदैछ।’





