बाजुरा / जिल्लामा सात वटा पक्की पुल निर्माणका लागी बजेट बिनियोजन भएको छ । भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय अन्तगत बजेट विनियोजन भएको हो ।
आर्थिक बर्ष २०८०,०८१ को बजेट बिनियोजमा बाजुराका सात वटा पक्की पुल क्रमागत योजनाका रुपमा परेका छन् ।बाजुराका ९ वटै स्थानिय तहमा सडकको पहुँच पुर्याउने लक्ष्य अनुशार सात वटा पक्की पुल एकै पटक निर्माण हुने भएका छन् ।
कर्णाली पुल वाई–बाधु पुल निर्माणका लागी–रु १करोड ४१लाख बजेट बिनियोजन भएको छ भने बुढीगंगा , त्रिबेणी–पुल निर्माणका लागी पनी १ करोड ४१ लाख बजेट छुट्याईएको छ । त्यस्तै बडिमालिका नगरपालिकामा पर्ने गड्खेत बाउली खोला पुल निर्माणका लाी –रु १करोड ४१ लाख विनियोजन गरिएको छ भने मार्तडी–कोल्टी सडक खण्डमा पर्ने बाउली खोला पुल निर्माणका लागी रु ८९ लाख ३० हजार बजेट छ ।
त्यस्तै यता जगन्नाथ गाँउपालिकामा पर्ने कर्णाली नदि पुल निर्माणका लागी रु ३७ लाख ६० हजार , बुढीगगा नगरपालिकामा पर्ने रिन्ते खोला बल्दे पुल निर्माणका लागी रु ८९ लाख ३० हजार बजेट बिनियोजन गरिएको छ भने (कर्णाली कोरिडोर) मा पर्ने जुड्डी खोला पुल खुलालु–सलिसल्ला–सिमिकोट खण्डका लागी रु ६५ लाख बजेट बिनियोजन गरिएको छ ।





