युनिकोड    राशिफल    एफएम रेडियाे                        

बा जुरा / बाजुरामा जिपबाट खसेर गर्भवती महिला घाइते भएकी छिन्।

जिल्लाको बुढिगँगा नगरपालिका–७ झालीकी ३० वर्षीया टिका लुहार आज घाइते भएकी हुन्।

फालासैनबाट मार्तडी आउनको लागि धनगढीबाट कोल्टी तर्फ आईरहेको ग १ च ७६५४ नम्बरको जिपमा चढ्न खोज्दा एक्कासी लडी टाउको र ढाड मा चोटलागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घाइते लुहारलाइ उपचारका लागि बयलपाटा अस्पताल अछाम पठाएको प्रहरीले बताएको छ। चालकलाई प्रहरी चौकी बार्जुगाड बाजुराले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर