युनिकोड    राशिफल    एफएम रेडियाे                        

युबराज बडुवाल / बाजुराका भित्री सडकमा चल्ने सवारीसाधनको भाडा दर कागजमा सिमित भएर कार्यनयन नभएकाे देखीएकाे छ ।

जिल्ला भित्रका सडकमा चल्ने यात्रुवाहक सवारी साधनको प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले सार्वजनिक गरेको भाडादर भन्दा दोब्बर भाडा लिने गरीकाे छ ।

जिल्लाको सबै स्थानीय सडक खण्डको भाडादर कायम गर्दा समेत कार्यान्वयनमा नल्याउने र मनोमानित भाडा असुल्ने सवारी साधन माथि कडा नीग्रानी केही महिना सम्म मात्र राखिएको थियाे । तर अहीले जिल्ला प्रहरी कार्यालय बाजुरा र ईलाका प्रहरी कार्यालयले याे बिषयमा खासै चासे नराखाए पछी मनाेमानी भाडा उठाउदै आएका छन् ।

तोकिए भन्दा बढी भाडा लिने गरेका जीप व्यवसायीलाई स्पष्टीकरणसहित बढी लिएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गर्ने गरी नियम कार्यनयन गरीएकाे थियाे । तर अहीले सर्वसाधारण उच्च भाडाकाे मारमा परीरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर