बाजुरा / जिल्लाकाे बुढीनन्दा नगरपालिकामा राेजगारीका लागि बिदेशीने श्रमिकलाई श्रम स्वीकृति पालिकाबाटै दिइने भएकाे छ ।
रोजगारीका लागि विदेशने श्रमिकले श्रम स्वीकृति पुन: श्रम स्वीकृतिको आवेदन तथा वैदेशिक रोजगारी सम्बन्धि परामर्श दिने कार्य स्थानीय तहबाट नै हुने भएको बुढीनन्दा नगरपालिका नगरप्रमुख जनक बोहराले बताएका छन् ।
बाेहराले भने श्रम स्वीकृति आवेदन दिन आउदा कार्यालयले मागेको आवश्यक कागजात प्रक्रिया मिलाएर आउनु पर्ने बताए । यस्ताे नगरपालिका बटै श्रम स्वीकृति दिने व्यवस्था जिल्लामा बुढीनन्दा नगरपालिकाले मात्र गरेकाे छ ।
बुढीनन्दा नगरपालिका प्रमुख
प्रशापकीय भवन ( काेल्टी बाजुरा )






