युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / जिल्लाकाे गौमुल गाउँपालिका वडा नं ६ टुनिमा बिधुतको तार सट भएर दुई घरमा आगलागि भएको छ । आगलागी हुनेमा गोरे विक र उज्ज्वल विकको  घर रहेको छन् ।

बिहान करिव ४ बजे तिर विद्युतको तार सट भएर घरमा आगलागी भएको हो । आगलागी भएर लुगा,कपडा,अन्न र घरका भ्याल ढोका पुरै जलेर नष्ट भएका छन् । विधुत सट भएर के कति कारणले आगलागी भयो भन्ने पुर्ण जानकारी भने आउन बाकी छ ।

मानवीय क्षेती भने नभएको पाईएको छ, बाकी क्षेतिपुर्तिको विवरण आउन सकेको छैन् । प्रहरीको टोलि भने घटाना स्थल तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुरा ईस्प्रेटर रबिन्द्र कडाएतले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर