बाजुरा/ बिधालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी हुँदा विद्यार्थी बढ्दो अवस्था रहेकोे छन।
दिवा खाजा विशेषगरी कक्षा १ देखि ६ सम्म विद्यार्थीहरु लाई निरन्तर खुवाउने गरेको छ। यसले गर्दा बिधालय खुल्ला भएको दिनमा खाजाको हिसाबले सबै बालबालिका दिने गरिन्छ। दिवा खाजा कार्यक्रम बालबालिका लाई कुपोषण हटाएर पोषणयुक्त बनाएको छ। स्वाद संगै सफा स्वादिष्ट बच्चाका लागि खाजा उपयुक्त रहेकोे छ। हप्ताको प्रत्येक शनिबार बाहेक बिधालय खोलेको दिनमा दिवा खाजा खुवाउने गरेको छ। खाजा विशेष पोषण संगै मिसिएको आयोडिन तत्व अधिकतम् मात्रामा हुँदा बिधालय बालबालिका कुपोषण रोग अन्त्य गरी पोषण तर्फ सकारात्मक भएका छन।
पोषणयुक्त खाजा विद्यार्थी अभिभावक बालबालिका सबै राम्रो भएको कारणले बिधालय विद्यार्थी बढदो क्रममा रहेकोे छन। बिद्यार्थी पाउने शिक्षा गुणस्तरीय पाउनुका साथै बिधालय प्रशासन राम्रो सकारात्मक हुँदा खेरि हिमाली गाउँपालिकाको वडा नम्बर ६ का केन्द्र भवानी माध्यमिक बिधालय धुलाचौमा विद्यार्थीको स्कुलमा बढ्दो अवस्थामा रहेका छन। दिवा खाजा बिधालयमा विद्यार्थी लाई दिउँसो छुट्टी भएको समयमा सबै विद्यार्थीहरुलाई साबुनपानीले हातमुख सफा गरी प्रत्येक लाई पिलेटामा हालेर खुवाउने गरेको भवानी माध्यमिक बिधालय निमित्त प्रधानाध्यापक झरिलाल यादवले बताएका छन।
दिवा खाजा विद्यार्थी निरन्तर खाइरहेका छन। यसको कारणले गर्दा विद्यार्थी पठनपाठन थप प्रभावकारी भएका छन। दिउँसो खाजाका निम्ति बिधालयमा छात्रा संख्या बढिरहेको छ। दिवा खाजा बिधालयमा विश्व खाद्य कार्यक्रम ठुलो लगानी समेत रहेको छ। अहिलेसम्म अध्यनरत बिधालय विद्यार्थी कक्षा ६ सम्मका सबै बालबालिकाहरुले निरन्तर खाइरहेका छन। अझै प्रभावकारी बनाउन कक्षा १० सम्मका विद्यार्थी दिवा खाजा कार्यक्रम लागु भए राम्रो हुने भवानी माद्यामिक बिधालयका व्यवस्थापन समिति अध्यक्ष नर प्रसाद पाण्डेले बताएका छन।
बिधालय खाजा अहिलेसम्म निरन्तर खाइरहेका छौं। यसले हाम्रो शरीर लाई स्वास्थ राख्न पुर्ण मदत गरेको छ। शरीरमा कुनै पनि रोग लाग्न दिएको छैन। रोग लाग्न बाट बचाउने काम पनि गरेको छ। स्कुलमा गएको समयमा दिउँसो खाजा खाने गरेको छ। यसले हाम्रो दिवा खाजा फाइदा संगै शारीरिक रूपमा चेकजाँच गर्न पनि सहयोग गरेको छ। एक वर्षमा दुई पटक जुकाको औषधि खाने गरेको भवानी माध्यमिक बिधालय विद्यार्थी कक्षा ५ मा अध्यनरत छात्र नविन कामीले बताएका छन।
दिवा खाजा अहिलेसम्म खाइरहेका छौँ। बिधालय शनिबार बाहेक अरु बिधालय सञ्चालन भएको समयमा दिउँसो खाजा खाने गरेको छ। दिवा खाजाले हाम्रो स्वास्थ स्वास्थ र सफा राख्नुका साथै कुपोषण बचाउने काम गर्छ। दिवा खाजा नखाए पछि निरोगी बनाउन्छ। खाजा खानु संगै शारीरिक चेकजाँच उचाई तौल, आखा, कान र घाटी सम्बन्धि स्वास्थ परिक्षण पटकपटक सेवा पाएका छौँ। सधै बिधालय आएको समयमा खाजा निरन्तर खाइरहेका भवानी माध्यमिक बिधालय विद्यार्थी कक्षा ५ मा अध्यनरत छात्रा रक्षा पाण्डेले बताएकी छन।
विश्व खाद्य कार्यक्रम सहयोग र आइ. डि. एस. नेपाल बाजुराको समन्वय बिधालय दिवा खाजा सञ्चालन गरिएको छ। हरेक बार खाना चार भन्ने अभियानका साथमा बाजुरा जिल्लाका अधिकास बिधालय दिवा खाजा कार्यक्रम पुर्णतः पाएका छन। बिधालयमा विद्यार्थी लाई पोषणयुक्त बनाउन बिधालयमा कक्षा १ देखि ६ सम्म अध्यनरत बालबालिकालाई अनिवार्य शनिबार बाहेक बिधालय सुचारु गरेको समयमा खुवाउन निम्ति महिनामा दिवा खाजाको चामल, दाल, नुन र तेल वितरण गर्ने गरेको छ। बिधालयका प्रत्येक विद्यार्थीलाई चामल ८० ग्राम, दाल २० ग्राम र नुन २ ग्राम हिसाबले वितरण गर्ने गरेको आइ. डि. एस. नेपाल संस्थान हिमाली गाउँपालिका सुपरभाइजर भिम प्रसाद पाण्डेले बताएका छन।





