बाजुरा / नेपाल बिद्यार्थी संघ बाजुराले गणतन्त्र दिवसको अवसरमा खुल्ला बक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । भ्रष्टाचार न्युनिकरणमा युवाको भुमिका भन्ने मुल शिर्षकमा खृुल्ला बक्तृत्वकला प्रतियोगिता गर्ने नेपाल विद्यार्थी संघ बाजुराका बरिष्ठ उपाध्यक्ष तपेश रावलले जानकारी दिए ।
उनका अनुशार नेपाल बिधार्थी संघ बाजुराले भोली जेठ १५ गते गणतन्त्र दिबसको अबसरमा जिल्ला स्तरीय खुला बक्कृत्बकला आयोजना गर्ने भएको छ । बर्तमान समयमा ब्याप्त भ्रष्टाचार अनियमितताका घटनाहरु बढिरहेकोले उक्त घटनालाई न्युनिकरण गर्ने कार्यक्रमले सहयोग गर्नुका साथै युवा बिधार्थीहरुको क्षमता बिस्तार समेत हुने भएकोले कार्यक्रम गर्न लागिएको नेबिसंघ बाजुराका अध्यक्ष जनक थापाले बताउनुभयो ।
जिल्ला स्तरी खुल्ला बक्तृत्वकला प्रतियोगितामा प्रथमलाई नगद सहित प्रमाणपत्र दिइने भएको छ । जसमध्य प्रथम पुरुस्कार ३५००÷– दितृय पुरुस्कार २५०० र तृतीय पुरुस्कार १५०० प्रदान गरिने आयोजक नेविसंघ बाजुराले जनाएको छ । उक्त कार्यक्रमको उद्घाटन नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावलले गर्ने नेपाल विद्यार्थी संघ बाजुराका बरिष्ठ उपाध्यक्ष तपेश रावलले जानकारी दिएका छन् ।





