बाजुरा ,जेष्ठ १३ / जिल्लाको पुर्वी उत्तरी भेगमा रहेकाे हिमाली गाउँपालिकामा पुर्णखोपयुक्त सुनिश्चितता तथा दिगोपन कार्यक्रम सम्पन्न गरीएकाे छ।
“स्थानीय स्वामित्व , सहभागिता, पुर्णखोप सुनिश्चितता -हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ भवानी माध्यमिक बिधालय बालबालिका तथा स्वास्था कर्मचारी लगायत गैरसरकारी कर्मचारी सहभागिता धुलाचौर बजार र्याली कार्यक्रम गरेका छन।
गाउँपालिकाका सातै वडाका स्वास्था संस्थामा वडा स्तरीय पुर्णखोप घोषणा कार्यक्रम बुधबार पालिका स्तरीय पुर्णखोप घोषणा कार्यक्रम गरीएकाे थियाे। हिमाली गाउँपालिका स्वास्थ शाखा आयोजनामा कार्यक्रम सञ्चालन गरिएको छ।
जन्मे देखी १५ महिना सम्म र प्रत्येक वडा टोल बस्तीमा रहेका १६ महिना देखि ५९ महिनाका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र बालबालिकाको पुर्ण खोपसेवा वडा नम्बर १ मा पुर्णखोप पाएका बच्चा २८ जना वडा नम्बर २ मा २९ जना वडा नम्बर ३ मा ६६ जना वडा नम्बर ४ मा ८४ जना वडा नम्बर ५ मा २३ जना वडा नम्बर ६ मा ५७ जना वडा नम्बर ७ मा ३४ जना गरी गाउँपालिका भरी जम्मा संख्या ३ सय २१ जना बच्चाले खोप सेवा पाएको स्वास्थ शाखा प्रमुख प्रेमकला मल्लले बताएका छन्।
समग्र रूपमा पालिकामा जम्मा ३ सय २१ जना पुर्णखोप पाएका बालबालिका मध्य ३ सय ७ जना अभिभावकले आफ्नो बालबालिकाहरुको खोप कार्ड सुरक्षित राखिएको पाएको छ। जातिगत आधारमा पुर्णखोप लगाउने बच्चाको पहुँचलाई छुट्याउदा दलित समुदायका पुर्णखोप लिने बच्चा संख्या ६५ जना, जनजाती समुदाय पुर्णखोप लगाउने संख्या १६ जना बाहुन क्षेत्री समुदाय पुर्णखोप लगाउने बच्चा संख्या १ सय ६४ जना, र अन्य समुदायका पुर्णखोप सेवा लिने संख्या ३७ जना लगाएको छन।
प्रत्येक वडाका स्वास्था संस्थामा पुर्णखोपयुक्त सुनिश्चितता तथा दिगोपन घोषणा कार्यक्रम वडा स्तर हुँदै पालिका स्तरीय सम्म कार्यक्रम गरिएको छ।
हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रमकाे प्रमुख अथिति पालिका उपाध्यक्ष राजकला सार्की, बिशीष्ट अथिति प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, अथिति स्वास्था शाखा प्रमुख प्रेमकला मल्ल, वडा अध्यक्ष सबै वडामा भएका स्वास्थ संस्थाका इन्चार्ज लगायत बिधालय बालबालिकाहरु गैरसरकारी संस्था कर्मचारीको उपस्थितिमा पुर्णखोप घोषणा कार्यक्रम सम्पन्न गरिएको नि-प्रमुख प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन्।
कार्यक्रम वडा स्तरमा सफल पार्ने वडाका स्वास्था संस्थाका प्रमुखहरूलाई प्रसंशा पत्र समेत गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले हस्तान्तरण गर्नुभएको छ। बालबालिकालाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन जन्मेको बच्चालाई खोप लगाउने गरिन्छ। गाउँ घरमा कुपोषण बाट बाट बचाउन पोषणयुक्त बालबालिका बनाउन खोप लगाउने गरिन्छ। बच्चा जन्मे देखि २३ महिना सम्म पुर्ण खोप लगाए बच्चा स्वस्थ सफा हुनु संगै कुपोषण बाट पोषणयुक्त रहने पालिका अध्यक्ष मल्लले बताएका छन।
उक्त पुर्णखोपयुक्त सुनिश्चितता तथा दिगोपन कार्यक्रम समापन गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले गर्नु भएको छ। कार्यक्रम भव्य सभ्य रूपमा मनाउदै कार्यक्रम संचालक स्वास्थ्यकर्मी अनमी विमला पाण्डेले गर्नुभएको स्वास्थ शाखा प्रमुख प्रेमकला मल्लले बताएका छन





