दार्चुलाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ। जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकुकी सुत्केरी महिला र शिशुको हेलिकोप्टरबाट उद्धार गरिएको हो।
२७ वर्षीया पुष्पा महराको थप उपचारका लागि मंगलबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। आइतबार गाउँकै स्वाथ्य चौकीमा महराले शिशु जन्माएकी थिइन्। ७ महिनामै जन्मिएको शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार जिल्ला अस्पताल दार्चुला पुगाइएको थियो।





