दशरथचन्द राजमार्ग अन्तर्गत अनारखोलीमा बस दुर्घटना भएको छ। बैतडीको पाटन नगरलालिका-८ मा पर्ने उक्त स्थानमा नेपालगन्ज मेडिकल कलेजको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
सोमबार राति करिब १० बजेतिर भे १क ३१८ नम्बरको उक्त बस अनारखोलीको तल्लो मोडमा दुर्घटनामा परेको हो। बसमा १७ जना सवार रहेकोमा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। घट्नाबारेमा थप बिवरण आउन बाँकी छ ।
मेडिकल कलेजको बस दार्चुलामा स्वास्थ्य शिविरको लागि आउँदै गरेको बुझिएको छ।





