धनगढी / सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि भागबन्डा अनुसार व्यवस्थापन नमिलेपछि सत्ता गठबन्धनभित्रै तीव्र प्रतिस्पर्धा हुने भएको छ।
गठबन्धनका सहयात्री दलको भागमा परेका धेरै क्षेत्रमा एकीकृत समाजवादीले आधिकारिक टिकट दिएर उम्मेदवार खडा गरेको छ।
जिल्लास्तरबाट प्रदेशसभा सदस्यका लागि सिफारिस भएका उम्मेदवारलाई लत्याएर केन्द्रबाटै टिकट खरिदविक्रीको काम भएको माओवादी केन्द्र कैलाली क्षेत्र नम्बर ५ का संयोजक डीएल भण्डारीले बताए ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा एकीकृत समाजवादीले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठाएर कांग्रेस बीपीसँग तालमेल गरेको छ। सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द बोहरा उम्मेदवार रहेको डडेलधुराको प्रदेशसभा (२) मा एकीकृत समाजवादीका तारा जोशी उम्मेदवार छन् ।





