युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / बाजुराको कोल्टीमा आजदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

बुढीनन्दा नगरपालिकाको आयोजना तथा गेटा आँखा अस्पतालको समन्वयमा विशेषज्ञ डाक्टर सहीतको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो ।

नगरपालिका भित्रका नागरिकलाई लक्षित गरि निःशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन गरिने बुढीनन्दा नगरपालिका नगरप्रमुख जनक कुमार बोहराले बताएका छन् ।

विभिन्न समस्याका कारण उपचार गर्न हालसम्म अस्पताल पुग्न नसकेका र गरिव विपन्न नागरिकहरुको समस्या समाधान गर्न कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ डाक्टर सहीतको स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको उनले बताए ।

शिविर आज २४ गतेदेखि २७ गते मंगलबार सम्म सञ्चालन हुने भएको छ । शिविरमा आँखा रोगको उपचार, छाला, नाक, कान, घाटी, दाँत, कलेजो, हाड तथा जोर्नी र सामान्य शल्यक्रिया लगायतका विभिन्न रोगहरुको उपचारसंगै स्वास्थ्य परीक्षण गरिने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर