जंग रावल / बाजुरा – आई एन एफ नेपाल बाजुरा शाखा द्वारा तीन दिने तालिम सम्पन्न भएकाे छ ।
बाजुराकाे गौमुल गाउँपालिका घटमुनामा आई एन एफ नेपाल बाजुरा शाखाकाे आयाेजनामा गौमुल गाउँपालिकाका १ देखि ६ नम्बर वडाका युवाहरु र बडीमालिका नगरपालिका १,२ र ६ का युवाहरुलाई तीन दिने provide soft skill training (नरम कौशल प्रशिक्षण प्रदान ) संचालन गरिएकाे हाे । आईएन एफ नेपाल बाजुरा शाखाले +2 पास भएका युवाहरुलाई provide soft skill training तालिम र सामान्य लेखपढ महिलाहरुलाई प्राथमिक उपचार झटपट झाेला तिनदिने तालिम आईतवार सम्पन्न भएकाे आई एन एफ नेपाल बाजुरा शाखा जलबायु परिवर्तन अनुकुलन परियाेजना अधिकृत राजेश राईले बताएका छन् ।
तालिममा उपस्थित प्रेम राेमायाले बताए आई एन नेपाल बाजुरा शाखाले कुनै पनि व्यक्तिमा रहेको नैतिक दृष्टिले हेरिने असल या खराब बानीबेहोरा र व्यवहार त्यो व्यक्तिको आचरण हाे त्याे आचरणलाई बदल्न सकरात्मक धारणालाई पनि सकरात्मक साेच बदल्नु पर्ने जस्ता जीवन परिवर्तनका शैक्षिक कुराहरु सिकाएकाे बताए ।
उनले तीन दिनकाे तालिममा असल आचरण या सदाचार भन्नाले व्यक्तिले समाजमा पालना गर्नुपर्ने व्यवहारको परिस्कृत र नैतिक दृष्टिले स्वीकार गरिएको आचार, चालचलन र चरित्र बुझिन्छ जस्ता कुराहरुकाे ज्ञान प्राप्त भएकाे राेकायाले बताए । दिगाे जिविकाे पार्जन जलवायु परिवर्तन अनुकुलन परियाेजनाका अधिकृत राजेश राईकाे प्रशिक्षकमा गौमुल गाउँपालिकाकाे कार्यालय घट्मुनामा तिन दिने युवाहरुकाे राेजगारमा आफ्नाे cv र निवेदन र आफ्नाे वायुडाटाकाे बारेमा सिकाएर तालिम सम्पन्न भएको अधिकृत राईले जानकारि दिएका छन् ।
गाउँपालिकाका ६ वटै वडाका , बडीमालिका न पा का गरी जम्मा २३ जनाले provide soft skill training मा सहभागिता थिए भने प्राथमिक उपचार झटपट झाेला तालिममा २२ जनाकाे सहभागी रहेकाे जनाएका थिए । २०७९ असाेज २७ देखी शुरु भएको उक्त तालिमको समापन ३० गते भएको थियाे । तालिम उपलब्धीमुलक भएको र सहभागी भएर आत्मनिर्भर बन्न सहज हुने सहभागीहरुले बताएका छन् ।





