बाजुरा / जिल्ला जगन्नाथ गाउँपालिका वडा न २ स्थित सेरा न्युन्यापानि सामुदायिक वन बिनास हुदै गएकाे छ । स्थानियहरुले दाउरा वनाउने,बाख्रा लाई स्याउला हाल्ने,र विभिन्न क्रियाकलाप गर्दा वन बिनास हुदै गएकाे छ ।
सामुदायिक वन उपभोक्ता समिति र वन हेराला का कारण वन बिनास हुदै छ।उपभोक्ता समितिले वन हेराला राख्दा प्रत्येक महिना काे दुई हजार का दर ले पारिश्रमिक दिन गरि नियुक्त गरेकाे र बिगत १२ बर्ष बाट पारिश्रमिक नपाएको र अहिले सम्म ६० हजार मात्रै पाएकाे भन्दै वन हेर्न छाेडेकाे हेराला चन्द्र नाथ याेगि ले जानकारि दिएका छन् ।
वन हरियाली हुने वेला वन खरानी भएकाे छ । वन लाई बचाउन उपभोक्ता समिति र हेराला काे लापरबाही ठुलाे छ।स्थानिय समुदायहरुका अनुसार उपभोक्ता समिति र वन हेरालाकाे चरम लापर्वाही भएकाे बुझाई छ। वन बिनास हुदै गर्दा उपभोक्ता समितिले वन काे बैठक नराख्ने गरेकाे स्थानीय समुदायकाे भनाइ ।





