यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दसैँअघि कारोबार बन्द भएको दिनदेखि यो शुक्रबारसम्मको तुलनामा उक्त मूल्य बढेको हो ।
दसैं अघिको शुक्रबार (१४ असोज) मा सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ थियो । सोही मितिमा तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो । जुन, हिजो शुक्रबारसम्ममा छापावाल सुनको मूल्य तोलामा ९४ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँ छ ।





