बाजुरा/ जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका वडा नंः३ मा रहेकाे झाेगिने खाेलामा पुल नहुँदा स्थानीयलाई आवत जावत गर्न निकैं कठिन भएको छ ।
खाेलामा पुल नभएकाले वडा नंः३ धनाल्तका विद्यार्थीहरुले करिब दुई तीन घण्टा हिडेर वडा नंः ४ मा रहेकाे खापरदेवस्थली माध्यमिक बिद्यालयमा जानुपर्ने बाध्यता रहेकाे छ । कक्षा ८ मा अध्ययनरत विद्यार्थी नवीन रावतले भने नजिकै रहेकाे भवानी मा वि मा जान करिब आधा घण्टा लाग्ने भएपनि खाेलामा पुल नभएकाले आफ्नाे घरबाट करिब तीन घण्टा हिडेर अर्को विद्यालय जानुपर्ने वताएका छन् । लामाे बाटो हिड्ने विद्यालय जानु पर्ने हुँदा बिद्यार्थीकाे पढाइमा पनि प्रतिकुल असर परेकाे बिद्यार्थी रावतले बताए ।
खाेलामा पुल नहुँदा आवतजावत पनि स्थानियले ठुलो सास्ती खेप्दै आएका छन् । खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले भने खप्तड मार्तडी सडक अन्तर्गतमा गाैरवकाे आयाेजना भएकाले पाँच बर्ष भित्र खाेलामा पक्की पुल बन्ने बताएका छन् ।
खप्तड छेडेदह गाउँपालिकाका कतिपय स्थानमा सडक नपुगेको सडक पुगेको ठाउँमा पनि अझैसम्म यातायातका साधन चल्न नसकेको स्थानीयले बताएको छ ।





