सर्लाहीको बलरामा एक पुरुषको जंगली जनावरलाई थापेको करेन्टमा परेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बलरा नगरपालिका–५, कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरीको गए राति करेन्ट लागेर मृत्यु भएको हो। जङ्गल मासिँदै जाँदा जङ्गली जनावर किसानको उखु, मकैलगायतका खेतमा पसेर उक्त बालीनाली नस्ट गर्ने गरेको र रोकथामका लागि बारी घेरेर थापिएको विद्युतीय करेन्टमा कोईरि राति पिसाब फेर्न जाँदा उक्त बारी घेरेर थापिएको विद्युतीय करेन्टमा परेर घटनास्थलमै उनको मृत्यु भएको हो।
उहाँको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारले बुझेर लगेका छन् । जङ्गली जनावरले बालीनाली खाएर नष्ट गर्न थालेपछि सर्लाहीका किसानले यसरी खेतबारीमा विद्युतीय करेन्ट राख्ने गरेका छन् ।





