युनिकोड    राशिफल    एफएम रेडियाे                        

युबराज बडुवाल / चैत्र ३ गते भाेलीबाट बाजुराको मार्तडीमा हुने महोत्सवको तयारी तिब्र पारिएको छ । महोत्सव नजिकिएसँगै मञ्च बनाउने देखि अन्य घेरवार सहीतको तयारी तिब्र पारिएको आयोजक खप्तड मालिका युवा क्लबका अध्यक्ष शुक्रराज बोहराले बताएका छन् ।

प्रथम खप्तड मालिका उद्योग कृषि पर्यटन तथा व्यापार महोत्सवको नाम दिएर सञ्चालन हुने महोत्सव चैत्र १२ गते सम्पन्न हुने भएकाे छ । बाजुरा सदरमुकाम मार्तडीको ताली डिल कारागार क्षेत्रमा लाग्ने महोत्सवमा २० बढी जिल्ला बाहिर र दुई दर्जन जिल्ला भित्रका कलाकारले प्रस्तुती दिने बताइएको छ ।

यस्तै स्थानीय देउडा सँस्कृतिको जगेर्ना, भाषा साहित्यको प्रवद्र्धनमा समेत टेवा पुग्ने गरि महोत्सव सञ्चालन गर्न लागिएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सहआयोजक रहने महोत्सवको उद्घाट्न प्रदेश प्रमुख देवराज जोशीले गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर